एभरेष्ट इन्स्योरेन्स र महुली लघुवित्तको हकप्रदपछि शेयरमूल्य समायोजन

Nov 14, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा बुधबार एभरेष्ट इन्स्योरेन्स र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्सले जारी गर्न लागेको १०५ प्रतिशत संस्थापक हकप्रद र लघुवित्तको ५० प्रतिशत हकप्रद पश्चात मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

एभरेष्ट इन्स्योरेन्स (EIC) को १०५ प्रतिशत हकप्रद पश्चात प्रतिकित्ता ५६३ रुपैयाँ ४१ पैसामा शेयरमूल्य समायोजन भएको हो । यस कम्पनीको १८० दिनको शेयर कारोबारमूल्यको आधारमा औसत आधार मूल्य ९५८ रुपैयाँ १२ पैसा निर्धारण भएको छ । 

त्यसैगरि महुली लघुवित्त (MSLB) को ५० प्रतिशत हकप्रद पश्चात प्रतिकित्ता एक हजार ५५५ रुपैयाँ ५३ पैसामा शेयरमूल्य समायोजन भएको छ । यस कम्पनीको १८० दिनको शेयर कारोबारमूल्यको आधारमा औसत आधार मूल्य एक हजार १४५ रुपैयाँ २६ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।

बुधबार दुबै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर शेयर कारोबार सुरु हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।