शतप्रतिशत भन्दा बढी खुद नाफा बढ्दा प्रतिशेयर आम्दानीमा पहिरो जाने कम्पनी चिन्नुहोस्

Nov 14, 2018 Merolagani



नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत धेरै कम्पनीहरुले पछिल्ला दिनमा प्रतिशेयर आम्दानी सन्तुलन गर्न सकिरहेका छैनन्। यसै क्रममा एउटा लघुवित्त कम्पनीले दाेहोर्याउँदै हकप्रद शेयर बेचेपछि प्रतिशेयर आम्दानी १९ रुपैयाँबाट ८ रुपैयाँमा ओर्लिएको छ ।

आरएसडिसी लघुवित्तले राष्ट्र बैंकको पूँजी योजना अनुसार छाटो समयमा नै १० करोडको पूँजीलाई ६३ करोड माथि पुर्याएपछि प्रतिशेयर आम्दानी एक वर्षको अवधिमा धेरै  तल ओर्लिएको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा १९ रुपैयाँ ७७ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी यस पटक ८ रुपैयाँमा झरेको छ । यसले हकप्रदमा धेरै आकर्षित हुने लगानीकर्ताहरुलाई सचेत बनाएको छ ।

लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १२९.१२ प्रतिशतले खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले समीक्षा अवधिमा १२९.१२ प्रतिशतले खुद नाफा बढाएर १ करोड ३० लाख २५ हजार रुपैयाँ पुर्याएको हो ।

लघुवित्तको जगेडा कोषमा ११ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तले एक अर्ब २८ करोड १५ लाख रुपैयाँ सापटी लिएर एक अर्ब ७३ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

लघुवित्तले ६ करोड ४ लाख रुपैयाँ ब्याज आम्दानी गरेर ३ करोड ४७ लाख ब्याज खर्च गर्दा गरी २ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको खराब कर्जा ०.४८ प्रतिशत तथा प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ ६६ पैसा छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।