युनिलिभरले विज्ञापन खर्च घटाए पनि बढ्यो व्यापार, तीन महिनाको नाफा ३३ करोड

Nov 16, 2018 Merolagani



नेप्समा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा महङ्गो शेयर मूल्य रहेको युनिलिभर नेपाल(UNL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३३ करोड ४५ लाख नाफा कमाएको छ । कम्पनीको नाफा गत बर्षको यसै अवधिको तुलनामा ३ करोड २८ लाख बढी हो ।

गत बर्षको पहिलो त्रैमाससम्म कम्पनीले ३० करोड १७ लाख नाफा कमाएको थियो ।

प्रतिकित्ता २३ हजार ८९९ रुपैयाँ सशयरमूल्य रहेको कम्पनीले प्रतिशेयर आम्दानी ३६३ रुपैयाँ पुगेको छ । गत बर्षको यसै अवधिमा उसको प्रतिशेयर आम्दानी ३२८ रुपैयाँ थियो ।

कम्पनीले तीन महिनामा एक अर्ब ५१ करोड बराबरको उत्पादन बिक्री गरेको छ । जुन अघिल्लो बर्षको भन्दा २६ करोड ७२ लाख बढी हो ।

 

कम्पनीले यस अवधिमा विज्ञापन खर्च भने उल्लेखीय रुपमा घटाएको छ । गत बर्ष पहिलो तीन महिनामै १२ करोड ५६ लाख खर्च गरेको कम्पनीले यसबर्ष ९ करोड ६९ लाख मात्र विज्ञापनमा खर्च गरेको छ । यो बर्षको पहिलो तीन महिनामा गत बर्षको भन्दा कम्पनीले २ करोड ८७ लाख कम विज्ञापन खर्च गरेको छ ।

कम्पनीको कच्चा पदार्थको मूल्य बढ्दा अन्य खर्च कटौति गरेपनि उल्लेखनीय रुपमा नाफा बढ्न नसकेको देखिन्छ । कम्पनीले कच्चा पदार्थमा मात्रै ८३ करोड ५२ लाख खर्च गरेको छ । जुन अघिल्लो बर्षको भन्दा १३ करोड ५० बढी हो ।

साथै कम्पनीको सञ्चालन आम्दानी समेत सुधार आएको छ । कम्पनीले आफ्ना सेवाको बिक्री, सञ्चालन खर्च, कर्मचारी खर्च तथा विज्ञापन लगायतमा कुल एक अर्ब २३ करोड खर्च गरेको छ ।

९ करोड २१ लाख रुपैयाँ मात्र चुक्ता पूँजी रहेको कम्पनीले २ अर्ब १४ करोड जगेडा कोषमा राखेकोे छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २ हजार ४३१ रुपैयाँ छ र मुल्य आम्दानी अनुपात २१ गुणा छ ।

मकवानपुरको बसामाडीमा कारखाना स्थापना गरेको कम्पनीले साबुन, सर्फ, दन्त मन्जन लगायतका सौन्द्रर्य प्रशाधनहरु उत्पादन तथा बिक्री विथतरण गर्दै आईरहेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।