चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.७२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी सामान्य बढेपनि खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५.३३ प्रतिशत र कुल नाफा ७.८४ प्रतिशत बढेको छ। कम्पनीको प्रशासनिक खर्च समीक्षा अवधिमा ३०९.३२ प्रतिशत बढेको छ भने वित्तीय खर्च ६२.०१ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ५६ पैसा घटेर ५ रुपैयाँ ३१ पैसामा सीमित भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.२८ गुणा रहेको छ।
९४ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ६५ लाख ६३ हजार रुपैयाँ ऋणात्मक छ। कम्पनीको शेयर प्रिमियममा ६ करोड ५४ लाख रुपैयाँ सञ्चित छ।
