माबिलुङ्ग इनर्जीको वित्तीय अवस्था कस्तो?

Nov 16, 2025 12:45 PM Merolagani



माबिलुङ्ग इनर्जी लिमिटेड (MABEL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी १६ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। आम्दानी घटेसँगै कम्पनी नोक्सानीमा पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल आमदानी ७ लाख ६२ हजार रुपैयाँबाट घटेर ४ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५ पैसा रहेको छ।

३८ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ करोड १७ लाख रुपैयाँ सञ्चित छ।