विद्युत उत्पादन सुरु भएपछि मध्य भोटेकोशी नाफामा

Nov 16, 2025 04:07 AM Merolagani



मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड (MBJC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले १ करोड ६४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी १ करोड १६ लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत उत्पादन सुरु भएसँगै कम्पनी नाफामा पुगेको हो। गत असोज मसान्तसम्ममा कम्पनीले १० करोड १८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। कम्पनीले गत असोज २० गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको थियो।

सो अवधिसम्ममा कम्पनीको सञ्चालन मुनाफा ५ करोड ८६ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च ४ करोड २५ लाख रुपैयाँ रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ८९ पैसा रहेको छ।

६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग भने ३७ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।