माउन्टेन हाइड्रो नेपालको नाफा धनात्मक, प्रतिशेयर आम्दानी कति?

Nov 16, 2025 04:37 AM Merolagani



माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले ८ करोड ४९ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३८ करोड ६२ लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।

गत असोज मसान्तसम्ममा कम्पनीले १९ करोड ५५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८० प्रतिशत बढी हो। यद्यपि, गत असोज १८ र १९ गते देशभर परेको भारी वर्षाका कारण बाँध र पावरहाउसमा क्षती पुगेकोले हाल कम्पनीको विद्युत उत्पादन बन्द रहेको कम्पनीले जनाएको छ। हाल सो आयोजनाको पुनः निर्माण कार्य जारी छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२.३१ प्रतिशत बढेको छ भने वित्तयि खर्च १२.४८ प्रतिशत घटेको छ। गत असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३० रुपैयाँ ५९ पैसा रहेको छ।

१ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ८६ करोड ७६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

 




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।