मन्दाकिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो, नाफा भने घट्यो

Nov 16, 2025 04:53 AM Merolagani



मन्दाकिनी हाइड्रोपावर लिमिटेड (MHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ४३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १३.८८ प्रतिशत घटेर २ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २.१२ प्रतिशत बढेको छ भने वित्तीय खर्च १३.९९ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसा घटेर १५ रुपैयाँ ७ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३० गुणा रहेको छ।

६४ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७ करोड ३८ लाख रुपैयाँ सञ्चित छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।