अपर हेवाखोला जलविद्युत् कम्पनीको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्तो छ कम्पनीको अवस्था ?

Nov 17, 2025 12:05 PM Merolagani



अपर हेवाखोला हाइड्रोपावर लिमिटेड (UHEWA) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ५ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी सामान्य बढेपनि वित्तीय खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी २.२० प्रतिशत र कुल नाफा ०.४२ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा २.३० प्रतिशत बढेको छ भने वित्तीय खर्च २३.१० प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ३५ पैसा बढेर ४१ रुपैयाँ ४६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५१.३२ गुणा रहेको छ।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १२ करोड ९८ लाख रुपैयाँ रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।