जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा बढ्यो, ५७ रुपैयाँ ९७ पैसा इपिएस कायम

Nov 18, 2018 Merolagani



जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४७ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १० लाख १० हजार रुपैयाँले बढी हो ।

गत वर्षको यसै अवधिमा कम्पनीले ३७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी बढे पनि कर्मचारी खर्च बढ्दा अपेक्षा अनुसारको नाफा बढ्न नसकेको हो । गत वर्षको प्रथम त्रैमासमा एक करोड २६ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड ७६ लाख खुद ब्याज आम्दानी गरेको छ ।

३ करोड २६ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीले २६ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन र ७९ करोड ९० लाख सापटीबाट १ अर्ब ७३ लाख रुपैयाँ ऋण परिचालन गरेको छ ।

कम्पनीको निष्कृय कर्जा अनुपात १.७४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात ४७.१६ गुणा छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।