इम्पेरमेन्ट चार्ज घटेसँगै छिमेक लघुवित्तको नाफा सामान्य बढ्यो

Nov 15, 2024 01:04 PM Merolagani



छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २२ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेपछि लघुवित्तको खुद नाफा सामान्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.६७ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी ३.१० प्रतिशत घटेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५२.०४ प्रतिशत घटेको छ। जसका कारण लघुवित्तको खुद नाफा सामान्य बढ्न पुगेको हो।

पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६३ रुपैयाँ ८६ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७१ पैसा बढेर ३१ रुपैयाँ ९१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.५० गुणा रहेको छ।

२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ अर्ब ६७ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले असोज मसान्तसम्ममा ३८ अर्ब ८५ करोड ९५ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३६ अर्ब ४८ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।