सामुदायिक लघुवित्तको आईपिओमा ४२ गुणा बढी आवेदन

Nov 20, 2018 Merolagani

सामुदायिक लघुवित्त (SAMUDAYIK) को साधारण शेयरमा तेस्रो दिनसम्ममा ४२.५९ गुणा बढी आवेदन परेको छ । मंगलबार साझँसम्म कूल एक अर्ब १६ करोड २६ लाख बराबरको आवेदन परेको बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

लघुवित्तले सर्वसाधारणमा २ लाख ७३ हजार कित्ता शेयर निष्काशन गरेकोमा एक करोड १६ लाख २६ हजार ४५० कित्ता शेयरका लागि आवेदन परेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको अनुसार मंसिर ४ गते ५ बजे सम्ममा एक लाख ७९ हजार १२१ वटा आवेदन परेको हो ।

तीन दिनको प्रारम्भिक आँकडामा हिसाब गर्ने हो भने एक लाख ५१ हजार ८११ आवेदक रित्तो हात हुने देखिन्छ । २७ हजार ३१० जना सर्वसाधारण आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।

लघुवित्तले कुल ३ लाख कित्ता आईपिओ निष्काशन गरिरहेको छ । जसमा संस्थाका कर्मचारीलाई १२ हजार कित्ता तथा सामुहिक लगानी कोषलाई १५ हजार कित्ता शेयर छुट्याउँदा बाँकी रहने २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा बाँडफाँड हुनेछ ।

लघुवित्तको आईपिओ बढी आबेदन परेकोले भोलि मंसिर ५ गते बुधबार नै बन्द हुनेछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।