कोटेश्वर-कलङ्की सडकमा थप ६ वटा आकाशे पुल बन्ने

Nov 23, 2018 RSS



कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप सात ठाउँमा आकाशे पुल बनाउन सरकारले शुरु गरेको हो ।

चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहलाई काठमाडौँ चक्रपथ सुधार योजनाले समन्वय गरिरहेको योजनामा कार्यरत इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताए ।

योजनाले नै थप सात स्थानमा आकाशे पुलको जिम्मेवारी लिएको छ । उनले भने,“तीमध्ये कुनैमा काम शुरु भयो कुनैमा हुने क्रममा छ, कुनैमा भने ठेक्का सम्झौता हुन नै बाँकी छ ।” चिनियाँ आफैँले कोटेश्वर, ग्वार्को र बागडोलमा आकाशे पुलको निर्माण गरिसकेको छ । सरकारले गर्ने भनिएका सात ठाउँका आकाशे पुल दुई वर्षमा सकिने योजनाले जनाएको छ । बालकुमारी, सातदोबाटो, एकान्तकुना र बल्खुमा आकाशे पुल निर्माण भइरहेको छ ।

शर्माले भने, “चारै स्थानमा जगको काम सकिएर पिलरको काम अघि बढेको छ ।” महालक्ष्मीस्थान र सानेपामा भने काम शुरु भइसकेको छैन । यी दुई स्थानमा ठेक्का सम्झौता भइसकेकाले केही समय पछि काम शुरु हुनेछ । नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकको ठेक्का सम्झौता आगामी डिसेम्वरमा सकिँदैछ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।