छ्याङ्दी हाइड्रोको नाफा २५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Nov 25, 2018 Merolagani



छ्याङ्दी हाइड्रोपावर कम्पनी (CHL) ले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ८९ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २५.४० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा हाइड्रोले ७१ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विद्युत विक्री मार्फतको आम्दानी बढेकाले र सञ्चालन खर्च तथा प्रशासनिक खर्चमा सुधार गरेकाले हाइड्रोको खुद नाफामा बढोत्तरी देखिएको हो ।

हाइड्रोले विद्युत बेचेर २ करोड ३ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा एक लाख ९८ हजार रुपैयाँले बढी हो । गत वर्षको यसै अवधिमा हाइड्रोले विद्युत बेचेर २ करोड एक लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पूँजी २७ करोड रहेको हाइड्रोको जगेडा कोषमा एक करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।

हाइड्रोको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा छ । गत बर्ष हाइड्रोको प्रतिशेयर आम्दानी १० रुपैयाँ ६३ पैसा थियो । प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात ३४.५१ गुणा छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।