तामाकोशीका लगानीकर्ताले प्रतिफल पाउन ४ वर्ष कुर्नुपर्ने, शेयरमूल्य के होला ?

Nov 28, 2018 Merolagani



माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण अवधि लम्बिँदा लागत समेत बढेपछि लगानीकर्ताले प्रतिफल पाउने अवधि पनि लम्बिएको छ। चरणबद्ध रुपमा कर्मचारी सञ्चयकोषका बचतकर्ता, विभिन्न संस्थाका कर्मचारी तथा सर्वसाधारणले आयोजनाको शेयरमा लगानी गरेकोमा प्रतिफल पाउन भने केही वर्ष कुर्नुपर्ने भएको हो ।

जसका कारण महिना दिनमा सूचीकरण भएर दोस्रो बजारमा कारोबार सुरु हुने आयोजनाको शेयरमूल्य कमजोर अवस्थामा रहने देखिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत २० अर्ब ६९ करोड रुपैयाँ बढ्ने भएको छ । सुरुमा ब्याज सहित ४८ अर्ब ९२ करोड रुपैयाँ लगत अनुमान गरिएको भएपनि निमार्ण कार्यमा ढिलाई भएपछि आयोजनाको लागत बढेर ६९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने भएको हो ।

आयोजनाको निमार्णमा भुकम्प, डलर मूल्यमा वृद्धि लगायत प्रविधिक समस्याका कारण निमार्ण सम्पन्न गर्न ढिलाई भएपछि लागत बढेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले जानकारी गराए ।

उनले भने, ‘आयोजनाको लागत बढ्दा लगानीकर्ताले पाउने प्रतिफल समेत घट्छ । आयोजनामा रोल वालिङ्ग खोलाको पानी ६ किलोमिटर लामो सुरुङ्ग बनाएर आयोजनामा ल्याउने काम बाँकी छ । यो काम सकिएपछि कम्पनीकाे कमाइ बढ्छ जसले कम्पनीको शेयरमूल्य पनि बढ्छ ।’

...[माथिल्लो तामाकोशीको शेयर एक महिनाभित्रै नेप्सेमा किनबेच गर्न सकिने]...

आयोजना निष्काशन गरेको आईपिओका लागि इक्रा नेपालले ४ क्रेडिट रेटिङ्ग दिएको थियो । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा तल अर्थात कमजोर रहेको जनाउँछ ।

अहिले कम्पनीको रेटिङ्ग कमजोर भएपनि ४ वर्षपछि कम्पनीको अवस्था मजबुत भएर शेयरमूल्यमा समेत वृद्धि हुने आयोजना प्रमुखले दाबी गरेका हुन् । २०७५ को अन्त्य सम्ममा निमार्ण सकेर आगामी कार्तिक देखि व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

कूल १० अर्ब ५९ करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा ५१ प्रतिशत कम्पनीको संस्थापक शेयरधनी संस्थाहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दुरसञ्चार प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागारिक लगानी कोषको हिस्सा छ ।

बाँकी ४९ प्रतिशत मध्ये २४ प्रतिशत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋण लगानी गर्ने कम्पनीका कर्मचारी, नेपाल विद्युत प्रधिकरणका कर्मचारी र २५ प्रतिशत सर्वसाधारणको स्वामित्व कायम भएको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।