सगरमाथा इन्स्योरेन्सले कमायो तीन करोड ६९ लाख रुपैयाँ खुद नाफा

Dec 02, 2018 Merolagani

सगरमाथा इन्स्योरेन्स (SIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको यसैअवधिको तुलनामा करिब ४२ लाख रुपैयाँले बढी हो । गत आवको असोजसम्म कम्पनीले तीन करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले यसअवधिमा ३१ करोड १३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

गत वर्ष २२ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोडले बढेको हो ।

यस अवधिमा कम्पनीले पुर्नबीमा कशिनबाट ८ करोड ४६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट एक करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीलले ३१ हजार ८७४ बीमालेख जारी गरी हाल सम्म ६० करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । १२ सय ९९ कुल दाबी वापत २६ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने दुई हजार २४४ दाबीवापत ४८ करोड ४३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

५३ करोड ८२ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५५ करोड ७२ लाख, बीमा कोषमा ४८ करोड ८७ लाख, महाविपत्ती जगेडामा ८ करोड ३८ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ ३०९ रुपैया ९० पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।