नेपाल इन्स्योरेन्सको खुद नाफा उल्लेख्य बढ्यो, प्रतिशेयर आम्दानी कति?

Nov 11, 2023 05:17 AM Merolagani



नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १४ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३५.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको यस्तो नाफा ६ करोड २० लाख रुपैयाँ मात्र थियो।

आम्दानी बढेसँगै इन्स्योरेन्सको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आर्जित बीमाशुल्क १५.८७ प्रतिशत बढेको छ भने कमिशन आम्दानी १४.६६ प्रतिशत र लगानी तथा ऋणबाट आम्दानी १५४.८९ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६३.१६ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सको कुल भुक्तानी भएको दाबी १४.८१ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल खर्च १५.९२ प्रतिशत मात्र बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २१ रुपैयाँ १२ पैसा बढेर ३९ रुपैयाँ ३८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १८.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ ६१ पैसा रहेको छ।

१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती जगेडा ७ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग २३ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटी १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।