खुद बीमाशुल्कसँगै बढ्यो शिखर इन्स्योरेन्सको खुद नाफा

Feb 12, 2024 09:11 AM Merolagani



शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र खुद बीमाशुल्क दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ५५ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.०३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ५१ करोड ४ लाख रुपैयाँ थियो।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो नाफा १९.१७ प्रतिशत बढेर २५ करोड ११ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १.७९ प्रतिशत बढेको छ भने खुद दाबी खर्च २२.१२ प्रतिशत र कुल खर्च ४.३५ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा रहेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४०.०४ गुणा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड ४८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३१ करोड ४९ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड ७६ लाख रुपैयाँ रहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।