नाफासँगै बढ्यो सानिमा जिआईसी इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

Nov 17, 2024 08:45 AM Merolagani



सानिमा जिआईसी इन्स्योरेन्स (SGIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.६० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ०.९२ प्रतिशत र कुल आम्दानी २४.७५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा ८.५७ प्रतिशत घटेको छ भने कुल खर्च ४.८३ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ३ रुपैयाँ ४१ पैसा बढेर १० रुपैयाँ १७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६५.०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५७ पैसा रहेको छ।

२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा ६१ करोड ९२ लाख रुपैयाँ, महाविपत्ती कोषमा ४ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २१ करोड ६४ लाख रुपैयाँ र अन्य इक्विटीमा १५ करोड ४९ लाख रुपैयाँ सञ्चित छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।