जलवायु परिवर्तनसँग लड्न विश्व बैंकले २ खर्ब डलर दिने

Dec 04, 2018 Merolagani



विश्व बैंकले जलवायु परिवर्तनसँग लड्न २०२१–२५ का लागि २ खर्ब डलर दिने घोषणा गरेको छ। यो रकम हालको ५ बर्षका लागि दिइएको कोषको दोब्बर रहेको छ । यसअघि बैंकले जलवायु समस्या विरुद्ध लड्न १ खर्ब डलर छुट्टयाएको थियो ।

सोमबार पोल्याण्डको काटोविसामा वार्षिक रुपमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा १ सय ८४ देशका प्रतिनिधिहरुको भेलामा बैंकले यस्तो प्रतिबद्धता गरेको हो । यसबाट जलवायु परिवर्तन सम्बन्धि लक्ष्य हासिल गर्नका लागि मद्दत मिल्ने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका अनुसार, पहिलोपटक विश्वव्यापी तापमान वृद्धिको समस्या समाधान गर्नका लागि २०२१–२५ को समयसम्म ५ बर्षको अवधिमा हरेक बर्ष ५० अर्ब डलर दिइनेछ । बैंककी सीईओ क्रिस्टालीना जर्जीभाले जसरी समुन्द्रको तह, बाढी र सुख्खाको खतरा बढिरहेको छ, त्यसका लागि लड्न जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘विकासशील देशको सबैभन्दा धेरै प्रभावित क्षेत्रसम्म सहयोग पुगोस् भन्नका लागि हामी एउटा ढाँचा बनाउनका लागि प्रतिबद्ध रहेका छौँ । विश्व बैंकले स्मार्ट खेती र पानीको उपलब्धताका लागि लगानी गर्नेछ ।’

यसबाट जलवायु परिवर्तनको उच्च जोखिमको सामना गरिरहेका ३० विकासशील देशका २५ करोड मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ । यसमा ४० देशमा सामाजिक सुरक्षा प्रणालीको विकास गर्ने र २० देशमा जलवायु–स्मार्ट कृषि लगानीका लागि रकम उपलब्ध गराउने लगायतका अन्य योजना पनि रहेको बताइएको छ ।

जलवायु परिवर्तनसँग लड्नका लागि विकसित देशले विकासशील देशमा लगानी गर्नका लागि सहमति जनाएका थिए । सन् २०२० सम्मका लागि १ खर्ब डलर दिइनेछ । २०१६ मा ४८.५ अर्ब र २०१७ मा ५६.७ अर्ब डलर दिइएको थियो ।

विश्व बैंकका अनुसार, यदि जलवायु परिवर्तनको असर र उत्सर्जन कम गर्नका लागि असफल भएमा सन् २०३० सम्ममा १० करोड मानिसहरु विश्वव्यापी रुपमा गरिबीको शिकार हुन पुग्नेछन् । एजेन्सी




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।