बैंकरलाई गभर्नरले भने: ब्याजदर बढाउने प्रतिस्पर्धा गलत छ, 'टेक इट सिरियस्ली'

Dec 07, 2018 Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएर गलत गरेको बताएका छन् । नेपाल बैकर्स संघको ३२ औं साधारणसभामा बोल्दै गभर्नर नेपालले बैंकहरुले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गरेर राष्ट्र बैंकलाई जिस्काउन खोजेको समेत बताए ।

'यहाँहरुले जुन प्रतिस्पर्धा थाल्नुभएको छ, ब्याजदरमा, त्यो गलत गरिरहनु भएको छ, केन्द्रीय बैंकलाई के गर्न खोजेको हो ? जिस्क्याएको जस्तो हो कि ? जसले यो गरिरहेको छ त्यसलाई राम्रो भने हुँदैन। यसले पब्लिकको पैसा दुरुपयोग गर्न खोजेको भन्ने सोच हो ।' गभर्नर नेपालले  भने ।

हामीले जुन रुपमा तपाईहरुलाई एउटा फ्रिडम जस्तो दिएका थियौं क्रमश रेगुलेटरी बढाउँदै लगेका छौं। सार्कमा जस्तो रेगुलेटरी सिस्टम हामीकहाँ छैन तर त्यस्तो हुँदैन भन्ने नसोच्नुहोला। तुरुन्त केहि गर्दैछौं हामी । त्यसमा तपार्इहरु आश्चर्य नहुनुहोस्।

'तपाईहरु जो बैंक खोल्नु हुन्छ सात आठ दश प्रतिशत पैसा राख्नुहुन्छ । त्यसपछि ९० प्रतिशत भन्दा बढी पैसा राष्ट्र बैंकले जनतासँग उठानुहोस् भनेको छ । किन त्यसलाई आर्थिक विकासका लागि सहि ठाउँमा प्रयोग गर्नुस् । त्यसलाई आफ्नो व्यक्तिगत विजनेश गर्न थाल्यो भने केन्द्रीय बैंकले रिस्क्यु गर्नुपर्ने हुन्छ ।'

यो फ्याक्ट्री, ग्रामेन्ट उद्योग खोलेजस्तो होइन । सर्वसाधारणको सम्पति खेलाउदा अलिकति सम्बेदनशील हुनुहोस । यहाँहरुलाई नैतिक दबाब पनि दिईरहेका छौँ। ताकी तपाईहरु सर्वसाधारणप्रति इमान्दार र संवेदनशिल  रहनुपर्छ। गभर्नर नेपालको भनाई थियो ।

गभर्नर नेपालले भने "तपाईहरु क्वालीफाइड व्यक्ति हुनुहुन्छ, तपाईहरु जस्तो मान्छेले यस्तो गर्ने हो ? सबैभन्दा राम्रो क्वालीफाइड र बुझेको मान्छे रहने सेक्टर यही हो । यस्तो संस्थाले पनि गलत उपयोग गर्ने ? तपाईहरुले कुरो बुझ्नु भएको छ । तपाईहरुको ब्याजदर बढाउने रेसले राम्रो गर्दैन । यसलाई राष्ट्र बैंकले संवेदनशिल रुपमा लिएको छ । टेक इट सिरियस्ली ।"




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।