Fri, Jan 03, 2025
स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) को मङ्सिर २३ गते बसेको सञ्चालक समितिको बैठकले मनोज कृष्ण उप्रेतीलाई प्रमुख कार्यकारी अधिकृत एवं सचिवमा नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले उप्रेतीलाई अगामी पुस ५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।
उप्रेतीले अहिलेसम्म लघुवित्तमा निमित्त प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए ।
बाबुकृष्ण महर्जन३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।