आईपिओको फिर्ता रकम खातामा नपाउने स्थानीयलाई तामाकोशीले पुस १ गतेदेखि दिने

Dec 11, 2018 Merolagani



माथिल्लो तामाकोशी हाइड्रोपावरले स्थानीयबासीलाई निष्काशन गरेको साधारण शेयर बाँडफाँडमा नपरेको रकम सिधै बैंक खातामा अन्तरबैंक पेमेन्ट सिस्टम(आईपिएस) मार्फत फिर्ता गरेको जनाएकाे छ । तर विभिन्न समस्याका कारण सिधै बैंक खातामा रकम नपाउने आवेदकलाई भने पुस १ गतेदेखि चेकबाट रकम फिर्ता हुने भएको छ ।

हाइड्रोपावरको शेयर बिक्री प्रबन्धकहरुले बैंक खातामा नै पठाउन निवेदन दिएका आवेदकको हकमा फेरि एक पटक खातामा पठाउने र अन्यको हकमा चेक मार्फत रकम फिर्ता गर्ने जनाएका छन् । 

यसका लागि दोलखाबाट आवेदन दिएका आवेदकलाई आवेदन दिएकै बैंक तथा वित्तीय संस्थामा गएर चेक मार्फत रकम फिर्ता लिन सकिने र काठमाडौंबाट आवेदन दिनेले सनराईज क्यापिटल मार्फत भुक्तानी लिनुपर्नेछ ।

माथिल्लो तामाकोशीले आयोजना प्रभावित स्थानीयलाई साउन १६ गतेदेखि भदौ २१ गतेसम्म एक करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

यस्ताे छ विस्तृत सूचना :-




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।