स्वदेशी लघुवित्तको आइपीओ नपरेको पैसा फिर्ता सुरु, कुन - कुन २४ बैंकमा खाता भएमा सिधै खातामा पाईन्छ ?

May 26, 2017 merolagani



स्वदेशी लघुवित्त (SLBL) ले गत आइतबार बाँडफाँड गरेको आइपीओ नपरेको पैसा जेठ १२ गते शुक्रबारबाट फिर्ता गर्न थालेको छ । कम्पनीले १२ वाणिज्य बैंक, ८ डेभलपमेन्ट बैंक र ४ फाइनान्स गरि २४ बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्तालाई सिधै क्लियरिङ्गहाउसको इन्टर बैंक पेमेन्ट सिस्टम (IPS) मार्फत खातामा नै रकम फिर्ता पठाउने भएको छ ।

निम्न बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्ताले सिधै खातामा नै रकम फिता पाउनेछन् भने अन्य बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्तालाई आईपीओ सेयर आवेदन गरेको स्थानबाटै आवेदन फारममा उल्लेख गरिएको बैंक खातामा जानेगरी एकाउन्टपेयी चेकमार्फत रकम फिर्ता पाउने छन् ।

रकम भुक्तानी गर्दा कुनै पनि प्रकारको शुल्क नलाग्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ तर आवेदकको खाता रहेको संस्थाको नीति अनुरुप शुल्क लाग्ने भएमा भने शुल्क लाग्न सक्ने विक्री प्रबन्धकले स्पष्ट पारेको छ ।

स्वदेशीको आइपीओमा कुल ९२ हजार २२ जनाले आवेदन दिएकोमा २५ हजार ३० जनाले सेयर प्राप्त गरेका थिए । कम्पनीको आइपीओमा कुल ९२ हजार २२ जनाले आवेदन परेकोमा १२ सय ६ जनाको आवेदन रद्द भएको थियो । आईपीओमा ५० कित्तादेखि ११ सय २० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको थियो । ११ सय ३० कित्तादेखि १२ सय ८० सम्मका आवेदकले अनिवार्य १० कित्ता सेयर पाएका थिए । त्यसभन्दा माथि १२ सय ९० कित्ता देखि १३ सय ९० कित्तासम्म आवेदन गर्नेले ११ कित्ताका दरले सेयर पाएका थिए भने सबैभन्दा बढी १५ सय कित्तासम्म आवेदन गर्नेले १२ कित्ताका दरले सेयर पाएका थिए ।

ईटहरीमा केन्द्रिय कार्यालय रहेको  स्वदेशीले चैत २५ गते देखि २९ गतेसम्म बिक्री खुला गरेको तीन लाख कित्ता आइपीओ सेयरमध्ये १२ हजार कित्ता कर्मचारीलाई र १५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

तपाईलाई स्वदेशी लघुवित्तको सेयर पर्यो कि परेन ? नतिजा हेर्नुहोस्

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।