पूर्वअर्थमन्त्रीहरुले खतिवडालाई भने : शेयर बजारप्रति जिम्मेवार हुनुहोस्

Dec 11, 2018 Merolagani

पूर्व अर्थमन्त्रीहरुले सरकार पूँजी बजारको विकास र विस्तारमा लागि सकारात्मक र जिम्मेवार हुन नसकेको आरोप लगाएका छन् । मंगलबारको अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्रीहरुले बजार सुधारको लागि आवश्यक परेमा सरकारले हस्तक्षेप गर्नुपर्ने सुझाब समेत दिएका छन् ।

पूर्वअर्थमन्त्री डा बाबुराम भट्टराईले सरकारले बचतलाई वृद्धि गर्ने र शेयर बजारका लगानीकर्ताले पनि धैर्य गर्नुपर्ने अवस्था देखिएको धारणा राखे । उनले भने, “हाम्रो अर्थतन्त्र अहिलेसम्म पनि उत्पादनमुखी हुन सकेको छैन, राज्य बढी जिम्मेवार हुनुपर्छ, पूँजी बजारमा देखिएका समस्या सहकार्य, वार्ता र संवादका आधारमा सम्बोधन गर्नुपर्छ ।”

समितिका अर्का सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई वामपन्थी दल मिलेर चुनावमा जाने निर्णय गरेदेखि नै शेयर बजारको पतन सुरु भएको आरोप लगाए। देश विकासको लागि तथा पुँजी निर्माणको लागि शेयर बजार अपरिहार्य भएको हुँदा सरकार शेयर बजार प्रति जिम्मेवार हुन कार्कीले आग्रह गरे।

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले विश्वासको जगबाट पूँजी बजार डग्मगाउने स्थिति पुग्न लागेको हो भने विशेष व्यवस्था गरेर प्रोत्साहन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले बजार सुधारको लागि सरकारले आवश्यक परेमा हस्तक्षेप गर्नुपर्ने बताए।

पूर्व अर्थमन्त्रीहरुको जवाफ दिने क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताए ।

...[शेयर बजार बिग्रनुमा लगानीकर्ताको मात्र दोष हो र ? मेरोलगानी टीप्पणी]...

 

राष्ट्रिय पूँजी निर्माणको आधार शेयरबजारलाई बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दे उनले भने, पूँजी बजारमा देखिएको उतारचढावप्रति सरकार सजग छ, शेयर बजारलाई पारदर्शी, स्वस्थ्य र चिर स्थायी बनाउनका लागि सरकारले कदम चालेको छ, हतारमा शेयर किनबेचभन्दा धैर्य गर्न लगानीकर्तालाई सुसूचित गर्नुपर्ने अवस्था छ ।”

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।