ग्रेड ५ को व्यवस्था स्थानीयलाई शेयर बेचिसकेका कम्पनीमा लागू नहुने

Jan 09, 2019 Merolagani



स्थानीयलाई आईपिओ बिक्री गरेका कमजोर क्रेडिठ रेटिङ्ग (पाँच) भएका कम्पनीहरुको हकमा धितोपत्र बोर्डको नयाँ व्यवस्था लागू नहुने भएको छ । केही समय अघि कार्यदलले बुझाएको सुझाव अनुसार ग्रेड ५ पाएका कम्पनीलाई शेयर निष्काशनमा निरुत्साहित गर्ने व्यवस्था धितोपत्र बोर्डले कार्यान्वायनमा ल्याएको थियो ।

तर, स्थानीय तथा आयोजना प्रभावितहरुलाई शेयर बिक्री गरेर सर्वसाधारणमा निष्काशन गर्न बाँकी रहेका कम्पनीलाई भने बोर्डले नयाँ व्यवस्था लागू नगराउने भएको हो । शेयर निष्काशनको प्रकृया मध्य चरणमा पुगिसकेको अवस्थालाई पूर्णता दिनका लागि यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ । 

बोर्डले मंगलबार खराब रेटिङ्ग (ग्रेड ५) वा सो भन्दा माथिका कम्पनीहरुले आईपिओ निष्काशन गर्न नपाउने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाले स्थानीय तथा आयोजना प्रभावितलाई शेयर निष्काशन गरिसकेका कम्पनी समस्यामा पर्न सक्ने भन्दै बोर्डले त्यस्ता कम्पनीलाई शेयर निष्काशनको काम पुरा गराउन यस्तो निर्णय गरेको हो ।

अहिले धितोपत्र बोर्डको पाइपलाइनमा रहेका तर स्थानीय र आयोजना प्रभावितका लागि शेयर पनि निष्काशन नगरेका कम्पनीको हकमा भने मंगलबारदेखि सुरु भएको नयाँ व्यवस्था नै लागू हुने बोर्डले प्रष्ट पारेको छ । ग्रेड ५ पाएर बोर्डको पाइपलाइनमा मात्र रहेका कम्पनीले भने अब शेयर निष्काशन गर्न नपाउने भएका हुन् ।

बोर्डका अनुसार त्यस्ता कम्पनीले आफ्नो वित्तीय अवस्थामा सुधार गरी कम्तीमा ग्रड ४ प्राप्त गरेपछि मात्र शेयर निष्काशनका लागि अनुमति दिइनेछ ।

स्थानीको लागि शेयर बिक्री गरिसकेका क्रेडिट रेटिङ्ग ५ रहेका शुभम पावर र युनियन हाइड्रोपावरले सर्वसाधारणमा अहिलेकै प्रकृयाबाट शेयर निष्काशन गर्न पाउने छन् । तर बोर्डको पाइपलाइनमा रहेका ग्रेड ५ भएका कम्पनीले भने वित्तीय अवस्था तथा ग्रेडमा सुधार नगरी स्थानीय वा सर्वसाधारण कसैलाई पनि शेयर बिक्री गर्न पाउने छैनन् ।

न्यून रेटिङ गरेका कम्पनीले आईपिओ जारी गर्न नपाउने, आईपिओ र एफपीओमा पनि नयाँ नियम




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।