नेपाल बङ्गलादेश बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

Jan 16, 2019 Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १०.५३ प्रतिशत नगद लाभांश पुस १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

बैंकको पुस २६ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट सो लाभांश पारित भएको थियो । पुस १३ गतेपछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुलाई पनि क्रमश खातामा नै लाभांश जम्मा हुने बैंकले जनाएको छ ।

साथै हालसम्म शेयर डिम्याट नगरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र बैंक खातामा विविध कारणले रकमान्तर हुन नसक्ने शेयरधनीको विवरण ग्लोबल आईएमई क्यापिटलको वेभसाइटमा राखिएकाले भन्दै बैंकले आफ्नो निक्षेप सदस्यकहाँ विवरण सच्चाउन भनेको छ ।

यसरी क्लियरिङ्ग हाउसको आइपीएस प्रणाली मार्फत नगद लाभांश जम्मा गर्दा कम्पनीको तर्फबाट कुनै शुल्क नलागे पनि शेयरधनीको खाता रहेको बैंकको नियम अनुसार कुनै दस्तुर लाग्ने भएमा शेयरधनीको लाभांश रकमबाट कट्टा गरि बाँकी लाभांश जम्मा हुने बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

बैंकले विगतका साधारण सभाबाट पारित बोनस शेयर र नगद लाभांश लिन बाँकी शेयरधनीलाई शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमलमा सम्पर्क गरी लाभांश लिन बैंकले सूचीत गरेको छ ।

बैंकले जारी गरेकाे सूचना यहाँबाट हेर्नुहाेस् :-




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।