हिमालयन बैंकले नगद लाभांश बाँड्न भन्यो: 'डिम्याट अद्यावधिक गराउ'

Jan 18, 2019 Merolagani



हिमालयन बैंक (HBL) ले पुस ३० गते सम्पन्न साधारण सभाबाट पारित भएको नगद लाभांश वितरण थालिएको भन्दै शेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न सूचना जारी गरेको छ ।

बैंकको २६ औं साधारण सभाले चुक्ता पूँजीको १०.७८९ प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिसकेको र बाँकी रहेका शेयरधनीहरुले डिम्याट अद्यावधिक गराएपश्चात वितरण हुने जनाएको छ ।

बोनस भने नेप्सेमा सूचीकृत भएपछि डिम्याट खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

विस्तृत सूचना यहाँबाट हेर्नुहाेस्:-




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।