सिटिजन्स बैंकको यस्तो देखियो दोस्रो त्रैमास हाइलाईट्स

Jan 25, 2019 Tirtha Raj Poudyal

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) ले चालू आर्थिक वर्षको ६ महिना अवधिमा ७७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले शुक्रबार सार्वजनिक गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरण सो नाफा गरेको उल्लेख छ ।

बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ६२ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले २२.५५ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो ।

खुद नाफाभन्दा फ्रि प्रोफिट घट्यो

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ६५ करोड ९६ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ। जुन खुद नाफाभन्दा ११ करोड ६ लाख कम हाे ।

बैंकले गत वर्षको तुलनामा यस बर्षको दाेस्राे त्रैमासिक अवधिमा ३ करोड १० लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो । गत वर्ष बैंकले ६२ करोड ८६ लाख फ्रि प्रोफिट कमाएकाे थियो। 

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट ११ करोड ६ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ।

निक्षेप संकलन भन्दा कर्जा विस्तार अनुपात बढी

समीक्षा अवधिमा बैंकको कर्जा विस्तार भन्दा निक्षेप संकलनको विस्तारको प्रतिशत उच्च रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकले कर्जा लगानी १५.५० प्रतिशतले बढाउँदा निक्षेप संकलन ११.३९ प्रतिशतले मात्र बढाएको छ ।

यस अवधिमा बैंकले गत आवको यसै अवधिमा ५८ अर्ब ४६ करोड ४९ लाखबाट ६५ अर्ब १२ करोड ४२ लाख तथा कर्जा परिचालन ५२ अर्ब ३५ करोड ७३ लाखबाट ६० अर्ब ४७ करोड ४४ लाखमा बढोत्तरी गरेको छ ।

यस अवधिमा बैंकले सापटी रकम २ अर्ब ३१ करोडबाट बढेर ३ अर्ब ८४ करोड लिएको छ।

पूँजी सामान्य बढ्यो,जगेडा कोषमा आकर्षक बढोत्तरी

यस अवधिमा बैंकले जगेडा कोषको आकारमा उल्लेख्य बढोत्तरी गरेको छ । गत आवको पुस मसान्तमा बैंकको जगेडा कोष १ अर्ब ९९ करोड ६८ लाख रहेकोमा हाल ३ अर्ब ३७ करोड २३ लाखमा वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको जगेडा ६८.८८ प्रतिशतले बढेको हो ।

यस्तै बैंकको चुक्ता पूँजी ८ अर्ब २ करोड ९१ लाखबाट ८ अर्ब ३७ करोड १० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३४ करोड, र जगेडा कोष एक अर्ब ३७ करोड ५५ लाखले बढेको छ ।

खुद ब्याज आम्दानी

यस अवधिमा सिटिजन्स बैंकले ५३.३० प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ । गत आवको पुस मसान्तसम्ममा एक अर्ब ४९ करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ९७ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

बैंकले ४ अर्ब २९ करोड ६८ लाख ब्याज आम्दानी गरेर २ अर्ब ८० करोड २३ लाख ब्याज खर्च गरेको हो ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

निष्कृय कर्जा अनुपात घटाउँदै, प्रतिशेयर आम्दानीमा सुधार

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । गत आर्थिक वर्षको ६ महिना अवधिमा बैंकमा १.९४ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर १.६२ प्रतिशतमा झरेको छ।

यस्तै पूँजी समान्य वृद्धि हुँदा बैंकको प्रतिशेयर आम्दानीमा सुधार आएको छ । बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६६ पैसाबाट १८ रुपैयाँ ४२ पैसामा बढोत्तरी भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ।

आधारदरमा राहत, कोषको लागत भने बढ्यो

गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर घटेको छ भने निक्षेप संकलन लागत भने बढेको छ।

यस अवधिमना बैंकको आधार ब्याजदर घटेकोले ऋणीलाई केही सस्तो ब्याजमा नै ऋण पाउन सहज बनेको छ भने लगानीयोग्य तरलता संकटका कारण प्रतिस्पर्धि ब्याजदरमा निक्षेप संकलन गर्दा वाणिज्य बैंकहरुको निक्षेप संकलन लागत भने बढेको छ।

गत वर्षको पुस मसान्तमा ११.०२ प्रतिशत रहेको सिटिजन्सकाे आधार ब्याजदर १०.७९ प्रतिशतमा झरेको छ भने कोषको लागत ७.८८ प्रतिशतबाट ८.८१ मा बढेको छ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।