खराब कर्जा बढ्दा गरिमा विकास बैंकको नाफामा दबाब

Jan 21, 2024 12:51 PM Merolagani



गरिमा विकास बैंक लिमिटेड (GBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा थोरै बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढी इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा थोरै मात्र बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.४० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.३२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५ प्रतिशत र सञ्चालन मुनाफा २.१० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा १.८९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ। यससँगै बैंकको इम्पेरमेन्ट चार्ज ३५ करोड १९ लाख रुपैयाँबाट बढेर ५४ करोड १ लाख रुपैयाँ पुगेको छ। जसका कारण खुद नाफामा दबाब पुगेको छ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ करोड ३१ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ८२ पैसा रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ६ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २१.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ४७ पैसा रहेको छ।

५ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ७८ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।