राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा बढ्यो, कुन बैंकले कमायो कति नाफा?

Jan 20, 2025 01:05 PM Merolagani



राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा राष्ट्रियस्तरका विकास बैंकहरुले २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैंकहरुले २ अर्ब २५ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

समीक्षा अवधिमा ८ राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये ६ वटाको नाफा बढेको छ भने २ वटाको घटेको छ।

ज्योति विकास बैंकको खुद नाफा सर्वाधिक बढ्यो

समीक्षा अवधिमा ज्योति विकास बैंकको खुद नाफा सर्वाधिक १४७.५७ प्रतिशत बढको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १० करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। नाफा सबैभन्दा कम बढ्ने बैंक भने महालक्ष्मी विकास बैंक रहेको छ।

समीक्षा अवधिमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको खुद नाफा घटेको हो। जसमध्ये लुम्बिनी विकास बैंकको नाफा सर्वाधिक ३०.४६ प्रतिशत घटेको छ भने शाइन रेसुङ्गाको १०.८७ प्रतिशत घटेको छ।

सर्वाधिक नाफा कमाउने गरिमा विकास बैंक

पुस मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउने राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंक रहेको छ। सो बैंकले पुस मसान्तसम्ममा ५४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१६ प्रतिशत बढी हो। सबैभन्दा कम नाफा कमाउने बैंक भने लुम्बिनी विकास बैंक रहेको छ। सो बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।