चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२०.२६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६८.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९९.१२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको सञ्चालक आम्दानी ७५.८५ प्रतिशत र सञ्चालन मुनाफा १२०.२६ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ १६ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ १२ पैसा बढेर ९ रुपैयाँ ३७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६४.१० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९८ पैसा रहेको छ।
१ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४३ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ८ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
