स्वदेशी लघुवित्तको जगेडा कोषमा आकर्षक सुधार, खुद नाफा ९४% बढ्यो

Jan 27, 2019 Merolagani



स्वदेशी लघुवित्त (SDESI) को खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ९३.९७ प्रतिशतले बढेको छ। गत वर्ष एक करोड ३६ लाख खुद नाफा आर्जन गरेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी उच्च बढेसँगै खुद नाफामा बढोत्तरी देखिएको हो । गत वर्ष ६ करोड ८० लाख खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 

यस अवधिमा लघुवित्तले हकप्रदबाट शतप्रतिशत चुक्ता पूँजी बढाएर २३ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ४३१.७९ प्रतिशतले बढाएको छ । कम्पनीले २ करोड ६३ लाखको जगेडा कोषको आकार १३ करोड ९९ लाख कायम भएको छ ।

लघुवित्तले ८० करोड ९४ लाख निक्षेप संकलन र एक अर्ब ८४ करोड ७ लाख रुपैयाँ सापटीबाट २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात बढेर १.८७ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७२ पैसाबाट २७ रुपैयाँ ९३ पैसामा बढोत्तरी भएको छ । प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ८३ पैसा रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात २२.१२ गुणा बढी छ ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।