मेगा बैंकको नगद लाभांश वितरण, हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आह्वान

Feb 01, 2019 Merolagani



मेगा बैंक (MEGA) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको नगद लाभांश शेयरधनीकै बैंक खातामा पठाएको छ। बैंकले बुकक्लोजको दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधि गराएका शेयरधनीलाई लाभांश वितरण गरेको हो।

साथै बैंकले हालसम्म शेयर डिम्याट नगरेका तथा हितग्राहि खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई नगद लाभांश जम्मा गर्नको लागि हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकको गत पुस ३० गते सम्पन्न आठौं वार्षिक साधारण सभाले शेयरधनीलाई ६.८५ प्रतिशत नगद लाभांश तथा १ प्रतिशत बोनस पारित गरेको थियो । बोनस भने नेप्सेमा सूचीकृत भएपश्चात मात्र पठाउनेछ ।

बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

यसपछि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा बैंक खातामा नै जम्मा हुनेछ ।

...............{यस्ताे छ विस्तृत सूचना}...............




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।