उन्नति माईक्रोफाइनान्सको हकप्रद फागुन १३ गतेदेखि, बोनसले नपाउने

Feb 07, 2019 Merolagani

उन्नति माईक्रोफाइनान्स (UMB) ले २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने मिति तोकेको छ । माइक्रोफाइनान्सले एक लाख १० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

फागुन १३ गते देखि फागुन १७ गतेसम्म बिक्री खुल्ला हुने माइक्रोफाइनान्सले जानकारी गराएको छ ।

माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्न माघ १६ गते शेयरधनी दर्ता किताव बन्द गरिसकेको छ । माघ १५ गतेसम्म कायम शेयरधनीले मात्र ५ बराबर १ को अनुपातमा हकप्रद खरिद गर्न सक्ने छन् ।

हकप्रदमा माइक्रोफाइनान्सको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल र माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाट आबेदन दिन सकिनेछ । सिडिएससीको मेरो शेयर अनलाइनका साथै आस्वा सदस्य बैंकहरुबाट पनि हकप्रदमा आवेदन गर्न सकिन्छ ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको बोनस वितरण गर्नुभन्दा पहिलेको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । ५ करोड ५० लाख रुपैंया चुक्ता पूँजीको नै ४०.५० प्रतिशत बोनस बितरण गरेपछि अहिले माइक्रोफाइनान्सको चुक्ता पूँजी ७ करोड ७२ लाख ७५ हजार रुपैंया छ । बोनसले हकप्रद नपाउने गरि शेयर निष्काशन भए पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १ करोड १० लाख रुपैंयाले बढेर ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा माइक्रोफाइनान्सले दुई करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ६७ पैसा छ ।

बिहिबार माइक्रोफाइनान्सको प्रतिशेयर मूल्य एक हजार तीन सय रुपैयाँको हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।