मिथिला लघुवित्तको खुद नाफा ४५.९६% बढ्यो, जगेडा कोषमा पनि उच्च सुधार

Feb 08, 2019 Merolagani



मिथिला लघुवित्त (MLBBL) ले गत वर्षको तुलनामा खुद नाफा ४५.९६ प्रतिशतले बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ४८ लाख ८७ हजार खुद नाफा आर्जन गरेकोमा चालू आवको यसै अवधिमा ७१ लाख ३३ हजार पुर्याएको हो ।

चुक्ता पूँजी ६ करोड ५९ लाख ७७ हजार रुपैयाँमा स्थिर रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसाबाट ६ रुपैयाँ ८० पैसा बढेर २१ रुपैयाँ ६२ पैसा कायम भएको हो ।

लघुवित्तकाे जगेडा कोष पनि आकर्षक १४६.१२ प्रतिशतले बढेर २ करोड ९४ लाख रुपैयाँ सञ्चित भएको छ । गत पुसमा एक करोड १९ लाखको जगेडा थियो । 

पुस मसान्तसम्ममा लघुवित्तले निक्षेप संकलन ४८.३२ प्रतिशतले बढाएर २१ करोड १६ लाख पुर्याएको छ भने कर्जा विस्तार ४६.६० प्रतिशतले बढाएर ७२ करोड ८९ लाख बराबरको रकम परिचालन गरेको छ । यसका लागि लघुवित्तले ४६ करोड २५ लाख रुपैयाँ सापटी लिएको छ ।

यस अवधिमा लघुवित्तले ५ करोड ८२ लाख ब्याज आम्दानी र ३ करोड ३२ लाख ब्याज खर्च गरी २ करोड ४९ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १३.७४ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले २ करोड १९ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.९२ बाट ३.२४ प्रतिशतमा झारेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात ४२.३२ गुणा बढी छ ।

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।