शेयर धितो कर्जा कुन बैंकमा सस्तो, कुनमा महङ्गो ?

Feb 09, 2019 Merolagani



वाणिज्य बैंक तथा विकास बैंकहरुले शेयर धितो कर्जा प्रवाह गर्दा साढे १५ प्रतिशत हाराहारीको व्याजदर तोकेको देखिएको छ। शेयर बजारमा मार्जिन कारोबारको विषयमा चर्चा चल्दै गर्दा लगानीकर्तालाई कति व्याजदरमा बैंकहरुबाट कर्जा प्रवाह भैरहेको छ भन्ने जानकारीका लागि २० वाणिज्य बैंक, १० विकास बैंक र २ फाइनान्स कम्पनीको व्याजरमा आधारित सामग्री तयार पारिएको छ।

बैंकहरुले समय समयमा सार्वजनिक गरेका व्याजदरका विबरणबाट संकलन गरिएको शेयर धितोकर्जाको व्याजदर अनुसार सिटिजन्स बैंके सबैभन्दा सस्तोमा कर्जा दिने देखिएको छ । यद्यपी अधिकतम र न्युनतम व्याजदरका आधारमा हेर्दा भने इन्भेष्टमेण्ट बैंकको शेयर धितो कर्जाको न्युनतम दर सबैभन्दा सस्तो देखिएको छ ।

सबैभन्दा महङ्गो व्याजदर कुमारी बैंकको रहेको तथ्यले देखाएको छ। कतिपय बैंकहरुले अधिकतम व्याजदर मात्र सार्वजनिक गरेका छन् भने कतिपयले न्युनतम र अधिकतम व्याजदर सार्वजनिक गरेका छन् ।

२० वाणिज्य बैंकहरुको बेस रेट हेर्दा कुमारी बैंकको सबैभन्दा धेरै छ भने नबिल बैंकको सबैभन्दा रहेको छ । बेस रेट, शेयर धितो कर्जाको व्याजदर लगायतका विवरण यस्तो देखिन्छ ।

त्यसै गरी विकास बैंक तथा फाइनान्स कम्पनीहरुको व्याजदर वाणिज्य बैंकको औसतभन्दा केही माथि रहेको देखिन्छ। १० विकास बैंक र २ फाइनान्स कम्पनीको बेस रेट, शेयर धितो कर्जाको व्याजदर लगायतको विवरण यस्तो देखिन्छ।

शेयर धितो कर्जाको व्याजदर उच्च रहनुले शेयर बजारको निरन्तरको गिरावटलाई टेवा पुर्याइरहेको छ । अर्कातिर मार्जिन कारोबार कार्यान्वायनमा आउनै लाग्दा लगानीकर्ताले उल्लेखित तथ्यभन्दा अझै महङ्गो व्याजमा सेवा लिनुपर्ने देखिएको छ ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।