स्ट्याण्डर्ड चार्टर्डको नाफामा सामान्य सुधार, ब्याज खर्च बढाए पनि निक्षेप घट्यो

Feb 12, 2019 Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले एक अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा गतबर्षको यसै अवधिको तुलनामा ६.७९ प्रतिशतले बढी हो । गत वर्ष बैंकले एक अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकको वितरण योग्य नाफा ९९ करोड ८१ लाख ५१ हजार रुपैयाँ पुगेको छ। ब्याज खर्च अत्याधिक बढेपछि बैंकको नाफामा उल्लेखीय सुधार हुन सकेन । बैंकको ब्याज खर्च ९९ प्रतिशतले बढ्दा ब्याज आम्दानी ३१ प्रतिशतले मात्र वृद्धि भएको छ।

बैंकले ६५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब ९६ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ। बैंकको निक्षेप संकलन ०.१३ प्रतिशतले घटेको छ भने कर्जा विस्तार १८ प्रतिशतले बढेको छ । बैंकले खुद ब्याज आम्दानी मार्फत १ अर्ब ६५ करोड १८ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ ।

आठ अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडामा ७ अर्ब ३ करोड ९८ लाख ५० हजार रुपैयाँ छ । बैंकको खराब कर्जा ०.०३ प्रतिशत विन्दुले बढेर ०.२० प्रतिशत पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५९ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७८ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ८७ पैसा छ ।

तथ्याङ्कमा यस्ताे छ गत आव र चालू आवकाे दाेस्राे त्रैमासकाे समीक्षा:

नोट:रकमलाई हजारमा देखाइएको छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।