जनउत्थान लघुवित्तको खुद नाफा १८.६१ प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानी घट्यो

Feb 13, 2019 Merolagani



जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८५ लाख ७२ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १८.६१ प्रतिशतले बढी हो । लघुवित्तले गत वर्षको यसै अवधिमा ७२ लाख २७ हजार रुपैंया खुद नाफा आर्जन गरेको थियो ।

खुद नाफामा राम्रो बढोत्तरी देखिए पनि लघुवित्तको प्रतिशेयर आम्दानी भने ४ रुपैयाँ २५ पैसाले घटेको छ । चुक्ता पूँजीको आकार बढाएका कारण लघुवित्तको गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५० रुपैयाँ १८ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले ४५ रुपैयाँ ९३ पैसामा झरेको हो ।

यस अवधिमा लघुवित्तले चुक्ता पूँजी २९.६१ प्रतिशतले बढाएर २ करोड ८८ लाखबाट ३ करोड ७३ लाख पुर्याएको छ भने जगेडा कोषमा ८८.३६ प्रतिशतको सुधार गर्दै ४ करोड ९३ लाख रुपैयाँ सञ्चित गरेको छ ।

त्यसैगरी लघुवित्तले निक्षेप संकलन ७३.८१ प्रतिशतले बढाएर १८ करोड १२ लाख बाट ३१ करोड ५० लाख पुर्याएको छ भने कर्जा परिचालन ५९.५६ प्रतिशतले विस्तार गर्दै एक अर्ब १२ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ । यसका लागि लघुवित्तले ७९ करोड ६४ लाख सापटी लिएर लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तले ८ करोड ९८ लाख ब्याज आम्दानी र ५ करोड २५ लाख ब्याज खर्च गरी ३ करोड ७३ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ४७.९४ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

साथै अन्य सञ्चालन आम्दानीका रुपमा एक करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा लघुवित्तले ९८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्ममा लघुवित्तको कर्मचारी खर्च ५३.५६ प्रतिशतले बढेर एक करोड ५८ लाखबाट २ करोड ४४ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च ७८.७८ प्रतिशतले बढेर ४५ लाख ४२ हजारबाट ८१ लाख २० हजार रुपैंया पुगेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात १.४८ बाट बढेर २.२३ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात ५५.४६ गुणा बढी छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।