खुद नाफामा राम्रो बढोत्तरी देखिए पनि लघुवित्तको प्रतिशेयर आम्दानी भने ४ रुपैयाँ २५ पैसाले घटेको छ । चुक्ता पूँजीको आकार बढाएका कारण लघुवित्तको गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५० रुपैयाँ १८ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले ४५ रुपैयाँ ९३ पैसामा झरेको हो ।
यस अवधिमा लघुवित्तले चुक्ता पूँजी २९.६१ प्रतिशतले बढाएर २ करोड ८८ लाखबाट ३ करोड ७३ लाख पुर्याएको छ भने जगेडा कोषमा ८८.३६ प्रतिशतको सुधार गर्दै ४ करोड ९३ लाख रुपैयाँ सञ्चित गरेको छ ।
त्यसैगरी लघुवित्तले निक्षेप संकलन ७३.८१ प्रतिशतले बढाएर १८ करोड १२ लाख बाट ३१ करोड ५० लाख पुर्याएको छ भने कर्जा परिचालन ५९.५६ प्रतिशतले विस्तार गर्दै एक अर्ब १२ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ । यसका लागि लघुवित्तले ७९ करोड ६४ लाख सापटी लिएर लगानी गरेको छ ।
यस अवधिमा लघुवित्तले ८ करोड ९८ लाख ब्याज आम्दानी र ५ करोड २५ लाख ब्याज खर्च गरी ३ करोड ७३ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ४७.९४ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
साथै अन्य सञ्चालन आम्दानीका रुपमा एक करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा लघुवित्तले ९८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्ममा लघुवित्तको कर्मचारी खर्च ५३.५६ प्रतिशतले बढेर एक करोड ५८ लाखबाट २ करोड ४४ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च ७८.७८ प्रतिशतले बढेर ४५ लाख ४२ हजारबाट ८१ लाख २० हजार रुपैंया पुगेको छ ।
लघुवित्तको खराब कर्जा अनुपात १.४८ बाट बढेर २.२३ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात ५५.४६ गुणा बढी छ ।