घुस रकम सहित प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

Feb 14, 2019 Merolagani

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ नगद घुससहित अख्तियारको फन्दामा परेका छन् । जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाईदिने भनी सेवाग्राहीसँग घुस लिदैं गरेको अवस्थामा श्रेष्ठ रेष्टुरेण्टबाट पक्राउ परेका हुन् ।

उनले सेवाग्राहीसंग २५ हजार घुस लिइसकेको थिए । पक्राउ परेका प्रशासकीय अधिकृत श्रेष्ठसंग थप बयानको काम अगाडी बढाइएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।