मालपोतका नायब सुब्बा ४० हजार घुससहित पक्राउ

Apr 08, 2019 Merolagani

भूमिसुधार तथा मालपोत कार्यालय राजबिराज सप्तरीका नायब सुब्बा बासुदेब मण्डल घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन्। मोही जग्गाको बाँडफाँड गरि लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिने क्रममा उनी अख्तियारको फन्दामा परेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइएको टोलीले मण्डललाई सेवाग्राहिसँग चालीस हजार घुस लिईसकेको अवस्थामा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।