नक्कली बैंक ग्यारेण्टी बनाएर ५६ करोड भ्रष्टाचार,बैंकका अधिकारीसहित ७ जना बिरूद्ध मुद्धा दायर

Apr 09, 2019 Merolagani

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली बैंक ग्यारेण्टी पेश गरेर सडक आयोजनाको रकम हिनामिना गर्ने ७ जना बिरूद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ। जिल्ला प्राविधिक कार्यालय भोजपुरको भोजपुर-टक्सार-कोट-गगने-लेखर्क सडक स्तरोन्नती कार्याक्रमको ५५ करोड ९५ लाख ३० हजार बजेट दुरूपयोग भएको अख्तियारको निष्कर्ष छ ।

सडक स्तरोन्नति गर्न लगाईएको ठेक्कामा नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएको उजुरी पछिअख्तियारले थालेको छानबिनमा आरोप तथ्य सहित भेटिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अनुसन्धान क्रममा ठेकदार कम्पनी एम.के.वाई.पी.जे.भी.को तर्फबाट दुई पटक नक्कली बैंक ग्यारेण्टी पेश गरी जिल्ला प्राविधिक कार्यालयबाट मोबिलाईजेसन रकम निकासा भएको अख्तियारको ठहर छ ।

अख्तियारले नक्कली बैंक ग्यारेण्टी बनाएर पेश गर्ने ठेकदार सहित, बैंक ग्यारेण्टी कागज बनाउने कृषि बिकास बैंकका अधिकृत, रकम निकाशा गर्ने जिल्ला प्राविधिक कार्यालय भोजपुरका कार्यालय प्रमुख तथा लेखापाल बिरूद्ध मंगलबार भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बैंक ग्यारेण्टीको बैधतासम्बन्धी कुनै शोधपुछ र पुष्टयाइ नलिई निर्माण कम्पनीका प्रतिनिधि तथा सञ्चालकहरुसँग मिलेमतो गरी सरकारी सम्पत्तिको हानिनोक्सानी पुर्यारउने र आफूले लाभ लिने उदेश्यले नक्कली बैंक ग्यारेण्टीका आधारमा मोबिलाईजेसन रकम उपलब्ध गराईएको अख्तियारको ठहर छ ।

आरोपित र विगो विवरण यस्तो छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।