नेप्सेमा यस साता २ करोड १७ लाख कित्ता शेयर भयाे सूचीकरण, ८३ लाख ६४ हजार कित्ता बोनस

Feb 16, 2019 Merolagani



नेपाल स्टक एक्सचेञ्जमा यस हप्ता ६ कम्पनीको दुई करोड १७ लाख ७६ हजार २७६ दशमलव ६६ कित्ता शेयर कारोबारका लागि सूचीकृत भएका छन् ।

सूचीकृत भएको शेयरमध्ये चार कम्पनीको ८३ लाख ६४ हजार ९९५ दशमलव ६६ कित्ता बोनस, एक कम्पनीको ७९ लाख ११ हजार २११ कित्ता हकप्रद र ५५ लाख कित्ता प्रथामिक निष्काश सहितको सूचीकरण रहेको छ ।

यस साता सूचीकरण भएको शेयरमध्ये नेपाल क्रेडिट एण्ड कर्मस बैंक (NCCB) को ७९ लाख ११ हजार २११ कित्ता हकप्रद शेयर रहेको छ । बैंकले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्दा अवितरित भई बोलकबोल गरि बिक्री गरेको शेयर सूचीकरण गराएको हो ।

त्यसैगरि घलेम्दी हाइड्रो लिमिटेड (GHL) को स्थानीय र सर्वसाधारणलाई बिक्री गरिएको १६ लाख ५० हजार कित्ता आईपिओ सहित कूल ५५ लाख कित्ता सूचीकरण भएको छ । कम्पनीले उक्त शेयर गत पुस १९ देखि २३ गतेसम्म निष्काशन गरि माघ १ गते बाँडफाँड गरेको थियो।

मुक्तिनाथ विकास बैंक, वेष्टर्न डेभलपमेण्ट बैंक, निर्धन उत्थान लघुवित्त र जानकी फाइनान्सले बोनस शेयर सुचीकृत गराएका छन् । मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ दशमलव ०६ कित्ता, निर्धन उत्थानको २० लाख कित्ता र जानकी फाइनान्सको ८ लाख ८७ हवजार ४६६ कित्ता र वेष्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ दशमलव ०६ कित्ता बोनस शेयर रहेको छ ।

मुक्तिनाथ विकास बैंक (MNBBL) को गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १८.२५ प्रतिशत बोनस कारोबारका लागि सूचीकृत भएको हो । गत मंसिर २९ गते सम्पन्न बाह्राैं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको थियो

यसैगरि निर्धन उत्थान लघुवित्त (NUBL) को २० प्रतिशत बोनस पनि कारोबारका लागि सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्ता पूँजी एक अर्बको २० प्रतिशत बोनस गत मंसिर २५ गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट पारित भएको थियो

वेष्टर्न डेभलपमेण्ट बैंक (WDBL) ले आर्थिक वर्ष २०७३/७४ सम्म कायम चुक्ता पूँजी ४२ करोड ९३ लाख १२ हजार रुपैयाँको १७.४१३ प्रतिशत बोनस सूचीकरण गराएको हो । गत असार १३ गते सम्पन्न बैंकको बाह्रो वार्षिक साधारण सभाबाट सो बोनस पारित भएको थियो

जानकी फाइनान्स (JFL) ले पनि आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्ता पूँजीको २२ प्रतिशत बोनस गत असोज २९ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो । सो बोनस कम्पनीले कारोबारका लागि सूचीकरण गराएको हो ।

सूचीकृत सबै कम्पनीका शेयरहरु शेयरधनीले नेप्सेमा कारोबार गर्न सक्नेछन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।