कृषि विकास बैंकले घटायो कर्जाको ब्याजदर

Feb 17, 2019 Merolagani



कृषि विकास बैंक(ADBL) ले कर्जाको व्याज दर घटाएको छ । बैंकले लिई आएको साविक कर्जाको व्याजदरमा एक प्रतिशत घटाएको हो । साथै बैंकले निक्षेपको ब्याज समेत बढाएको छ ।

बैंकले फागुन एक गतेदेखि नै लागू हुनेगरी साविक कर्जाको व्याजदरमा एक प्रतिशतले घटाएको हो । त्यसै गरी निक्षेपको व्याजदरमा निक्षेप कर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा १.५ प्रतिशत थप हुने गरी बृद्धि गरेको बैंकले जनाएको छ ।

बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी ब्याजदर परिमार्जन गरिएको बैंकले जनाएको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।