Fri, Apr 10, 2026
स्वावलम्बन लघुवित्त (SWBBL) लाई थप सार्वजनिक निष्काशन गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकले रोक लगाएको छ। यस्तै कम्पनीले संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गरि ५१:४९ प्रतिशत कायम गर्न मागेको अनुमति पनि राष्ट्र बैंकले अस्वीकृत गरेको छ।
लघुवित्त कम्पनीका कम्पनी सचिव चन्द्रमणी चौलागाईले बुधबार प्राप्त भएको पत्रमा थप सार्वजनिक निष्काशन गर्न तथा संस्थापक र सर्वसाधारणको शेयर अनुपात परिवर्तन गर्न राष्ट्र बैंकबाट स्वीकृती प्राप्त नभएको बताए। स्वावलम्बन लघुवित्तको गत पुस २६ गते सम्पन्न १७ औं वार्षिक साधारणले १० करोड ४८ लाख १८ हजार ८०० रुपैयाँको थप सार्वजनिक निष्काशन गर्ने र ६ करोड ६० लाख ३३ हजार ३०० रुपैयाँ बराबरको संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न राष्ट्र बैंकको अनुमति मागेको थियो । हाल कम्पनीमा संस्थापक साधारण शेयर अनुपात ७०:३० रहेको छ। जसलाई कम्पनीको १७ औं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम ५१:४९ मा झार्न प्रस्ताव पारित गरेको थियो।लघुवित्तको पुस १ गते सम्पन्न २९८ औं सञ्चालक समिति बैठकले एफपिओ जारी गर्ने तथा शेयर अनुपात परिवर्तन गर्ने निर्णय गरेको थियो। सोही साधारण सभाले चुक्ता पूँजी ५० करोड ३१ लाख १० हजार ७०० रुपैयाँको २५ प्रतिशत बोनस (१२ करोड ५७ लाख ७७ हजार ६७५ रुपैयाँ) र ११.८४ प्रतिशत नगद (५ करोड ९५ लाख ७८ हजार ८९९ रुपैयाँ) गरि ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो । यससँगै राष्ट्र बैंकले स्वीकृति नदिँदै सञ्चालक समितिको निर्णयकै आधारमा लघुवित्तमा लगानी गर्ने लगानीकर्ता मारमा परेका छन् ।
लघुवित्त कम्पनीका कम्पनी सचिव चन्द्रमणी चौलागाईले बुधबार प्राप्त भएको पत्रमा थप सार्वजनिक निष्काशन गर्न तथा संस्थापक र सर्वसाधारणको शेयर अनुपात परिवर्तन गर्न राष्ट्र बैंकबाट स्वीकृती प्राप्त नभएको बताए।
स्वावलम्बन लघुवित्तको गत पुस २६ गते सम्पन्न १७ औं वार्षिक साधारणले १० करोड ४८ लाख १८ हजार ८०० रुपैयाँको थप सार्वजनिक निष्काशन गर्ने र ६ करोड ६० लाख ३३ हजार ३०० रुपैयाँ बराबरको संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न राष्ट्र बैंकको अनुमति मागेको थियो ।
हाल कम्पनीमा संस्थापक साधारण शेयर अनुपात ७०:३० रहेको छ। जसलाई कम्पनीको १७ औं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम ५१:४९ मा झार्न प्रस्ताव पारित गरेको थियो।लघुवित्तको पुस १ गते सम्पन्न २९८ औं सञ्चालक समिति बैठकले एफपिओ जारी गर्ने तथा शेयर अनुपात परिवर्तन गर्ने निर्णय गरेको थियो।
सोही साधारण सभाले चुक्ता पूँजी ५० करोड ३१ लाख १० हजार ७०० रुपैयाँको २५ प्रतिशत बोनस (१२ करोड ५७ लाख ७७ हजार ६७५ रुपैयाँ) र ११.८४ प्रतिशत नगद (५ करोड ९५ लाख ७८ हजार ८९९ रुपैयाँ) गरि ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।
यससँगै राष्ट्र बैंकले स्वीकृति नदिँदै सञ्चालक समितिको निर्णयकै आधारमा लघुवित्तमा लगानी गर्ने लगानीकर्ता मारमा परेका छन् ।
सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।