बैंकले सूचना मार्फत ९१ दिने अवधिकाे उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ।विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ।
ट्रेजरी बिल खरीद गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्रमा अनलाईन विडिङ्ग प्रणालीद्धारा ३ बजेसम्म बोलपत्र पेश गरिसक्न आह्वान गरिएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त ट्रेजरी बिल्स खरिदका लागि अप्रतिस्पर्धि आवेदनका लागि १५ प्रतिशत छुट्टाएको छ । जरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन ।
बैंकका अनुसार सोमबार अक्सन भएको बिल्सको निष्काशन तथा बाडफाँड मंगलबार हुनेछ भने साे ट्रेजरी बिलको सावाँ तथा ब्याज आगामी जेठ १४ गते फिर्ता हुनेछ। एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहुमूल्यमा पनि बोलकबाेल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ।
बैंकले यसअघि यही फागुन ६ गते दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दा १२ अर्ब १२ कराेडकाे आवेदन परेकाे थियो। साे ट्रेजरी बिल्सको औसत दर २.९८६५ प्रतिशत रहेको थियाे।त्यसमा अधिकतम ३.४६९८ प्रतिशत र न्यूनतम ०.०००४ प्रतिशत प्रस्ताव भएको थियो।
पहिले बैंक तथा वित्तीय संस्थाहरुबाट खिचिएको तरलतालाई अहिले नबिकरण (रोलओभर) मात्र गर्न लागिएको हो। यसले बजारको तरलतालाई केही असर गर्दैन। पहिले ट्रेजरी किनेकाहरुले आफ्नो रकम फिर्ता पाउँछन् भने नयाँ बैंक तथा वित्तीय संस्थाको रकम राष्ट्र बैंकमा जान्छ। पहिले ट्रेजरी किनेका बैंक तथा वित्तीय संस्थाहरुलाई भुक्तानी गरी नयाँ संस्थाहरुको ट्रेजरी स्वीकार गर्ने प्रक्रिया मात्र भए पनि ब्याज दरमा भने परिवर्तन आउनसक्छ ।
ट्रेजरी बिल के हो ? किन निष्काशन गरिन्छ ?
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
निष्काशन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ ।
ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ । ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ ।
तर त्यस्तो कारोबारको जानकारी राष्ट्रऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ ।