नौं अर्बको लागतमा सञ्चालनमा आयो ऋिद्धीसिद्धी सिमेन्ट

Mar 01, 2019 Merolagani



हेटौँडामा रु नौ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । 

हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो ।

सिमेन्टको लागि चाहिने क्लिङ्करलगायतका कच्चा पदार्थसमेत आफैँ उत्पादन गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको सो उद्योगले हाल क्लिङ्करलगायतका कच्चा पदार्थ खरीद गरी ओपिसी सिमेन्ट उत्पादन गरी बिक्री वितरण शुरु गरेको उद्योगका महाप्रबन्धक गणेशकुमार सिंहले बताए ।

सिमेन्ट आफ्नो उत्पादनको बिक्री वितरणमा लागेको बताएको छ । हाल सिमेन्ट उद्योगबीच प्रतिस्पर्धा बढेको छ ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।