शिवम् सिमेन्ट्सले कमायो एक अर्ब बढी खुद नाफा, आईपिओ प्रिमियमले शेयरधनीकोष आकर्षक

May 13, 2019 Merolagani



शिवम् सिमेन्ट्स (SHIVM) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५ करोड ८९ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म्मा ९३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा १२ करोड २३ लाख रुपैयाँले बढी हो।

कम्पनीले आईपिओ निष्काशन गर्दा सर्वसाधारणमा ४४ लाख कित्ताको प्रतिकित्ता २०० र स्थानीयबाट ८ लाख ८० हजारको प्रतिकित्ता १०० रुपैयाँ प्रिमियम मूल्यमा शेयर जारी गरेको थियो। यसबाट कम्पनीको शेयर प्रिमियम कोषमा ९४ करोड २ लाख रुपैयाँ र रिटेर्न अर्निङ्ग तीन अर्ब ४४ करोड ११ लाख रुपैयाँ सञ्चित भएको छ।

चुक्ता पूँजी चार अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८८ पैसा छ। नाफा बढेसँगै बैशाख ९ गते सोमबार प्रतिकित्ता ३०५ रुपैयाँ रहेको शिवम् सिमेन्ट्सको शेयरमूल्य १३ करोबार दिन पश्चात बैशाख २९ गते ४८.२० प्रतिशतले बढेर ४५२ पुगेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ अन्य बिक्री आय गरेको कम्पनीले ५ अर्ब ३७ करोड दुई लाख रुपैयाँ बिक्री खर्च गरेको छ । कम्पनीको आम्दानी र खर्च दुबै १७ प्रतिशत बढीले बढेको हो।

तीन अर्ब ५८ लाख कुल नाफा आर्जन गरेको कम्पनीको प्रशासनिक, बिक्री वितरण खर्च, ह्रासकट्टी समेत कूल एक अर्ब ६१ करोड ५४ लाख खर्च गरेको हो।

चार अर्ब ३६ करोड बराबरको सम्पत्ति उद्योगमा लगानी गरेको शिवम्ले तीन अर्ब ३६ करोड ५७ लाख रुपैयाँ साहायक कम्पनीहरुमा लगानी गरेको छ । कम्पनीको कूल सम्पत्ति तथा दायित्व १३ अर्ब ३२ करोड बराबरको रहेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।