दैनिक बजेटरी प्रतिवेदनः लुकाइयो कि खोज्न जानिएन ?

Mar 14, 2019 Merolagani

महालेखा नियन्त्रण कार्यालयबाट दैनिक रुपमा सार्वजनिक हुंदै आएको दैनिक बजेटरी प्रतिवेदन पछिल्लो पन्ध्र दिन देखि रोकिएको छ ।

सरकारले बिनियोजन गरेको बजेटको लक्ष्य अनुसारको राजश्व संकलन तथा पूँजीगत खर्चको विवरण (दैनिक बजेटरी प्रतिवेदन) यस अघि नियमित रुपमा कार्यालयको वेबसाइट मार्फत कार्य दिनको भोलिपल्ट सबेरै सार्वजनिक गर्ने गरिन्थ्यो ।

सरकारले एक दिनमा कति खर्च कुन कुन शीर्षकमा गर्यो, र मोटा मोटी रुपमा के कति शीर्षकबाट कति रकम राजश्व मार्फत आम्दानी गर्यो भन्ने विवरण उक्त दैनिक प्रतिवेदनमा उल्लेख गरिने प्रचलन छ । 

महालेखा नियन्त्रण कार्यालयको वेवसाईटमा फागुन १५ गते बुधबार देखि २९ फागुनसम्म (१४ दिन) उक्त प्रतिवेदन सार्वजनिक भएको छैन ।

पछिल्लो प्रतिवेदन
पछिल्लो पटक फागुन १४ गते अर्थमन्त्रालय मातहतको कोष तथा लेखा नियन्त्रण कार्यालयले अन्तिम पटक उक्त विवरण सार्वजनिक गरेको थियो । फागुन १४ गतेको पछिल्लो प्रतिवेदनमा कर राजश्वतर्फ सरकारले १ अर्ब १४ करोड ६० लाख रुपैयाँ र गैरकर राजश्व तर्फ ३ करोड ८४ लाख आम्दानी गरेको देखिन्छ । फागुन १३ गते कर र गैरकर राजश्व संकलन रकम ४ खर्ब ९ अर्ब ५६ करोड २३ लाख थियो ।

सरकारले राजश्वतर्फको बजेट लक्ष्य कर र गैर कर गरेर ८ खर्व ३१ अर्ब ३१ करोड ८० लाख लिएकोमा फागुन १४ गतेको आम्दानी पश्चात उक्त राजश्व आम्दानी रकम ४ खर्ब १० अर्ब ७० करोड ८३ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ र यो प्रगति ४९.४० प्रतिशत भएको प्रतिवेदनमा जनाइएको छ ।

यस्तै बजेट मार्फत सरकारले १३ खर्व १५ अर्ब १६ करोड १७ लाख समग्र खर्च बिनियोजन गरेको थियो । फागुन १५ गते प्रकाशित अघिल्लो दिन (फागुन १४ को) खर्च विवरणमा सरकारले चालु खर्चतर्फ १ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ एक दिनमा खर्च गरेको उल्लेख छ । बजेटको चालु खर्च लक्ष्य ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ मध्ये फागुन १४ को खर्च पछि चालु खर्चको प्रगति ४५ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

पूँजीगततर्फ ७५ करोड २५ लाख र वीत्तीय व्यवस्थातर्फ १२ करोड रुपैयाँ सरकारले फागुन १४ मा खर्च गरेको प्रतिवेदनमा जनाइएको छ । उक्त प्रतिवेदनमा बजेट लक्ष्यको पूँजीगत तर्फ २४.८१ प्रतिशत र वीत्तीय तर्फ २१.०४ प्रतिशत प्रगति भएको उल्लेख छ । उक्त प्रतिवेदनको सार हो सरकारी ट्रेजरीको वास्तबिकता पढ्न र जान्न चाहनेका लागि उपयोगी बनोस् ।

किन प्रकाशित भएन दैनिक बजेटरी प्रतिवेदन

पन्ध्र दिन देखि दैनिक बजेटरी प्रतिवेदन प्रकाशित नभएकोबारे महालेखा कार्यालयमा सम्पर्क गर्दा कार्यालयका अधिकारीहरु पनि आश्चार्य प्रकट गरिरहेका थिए । महालेखा कार्यालयका प्रवक्ता जगन्ननाथ देवकोटाले आफू भर्खरै विमानस्थल ओर्लिएको भन्दै कार्यालयका गतिविधिबारे अनविज्ञ रहेको बताए ।

सूचना अधिकारी दिनेश रेग्मी बिदामा रहेको जानकारी पछि हामीले मन्त्रालयका सह सचिव शुसिल पाण्डेलाई कार्यालयको वेबसाइटमा प्रतिवेदन सार्वजनिक नभएकोबारे सोधेका थियौं । सह सचिव पाण्डेले कार्यालयको डिजिटल बोर्डमा प्रतिवेदन देखिए पनि वेबसाइटमा नदेखिएको बारेमा आफू पनि जानकार नभएको र समस्याबारे तुरुन्तै प्राविधिक शाखामा जानकारी गराउने भन्दै र उतै सम्पर्क गर्न आग्रह गरे । 

अब रियलटाईम डाटा, प्राविधिक स्तरोन्नतीले अन्यौल

महालेखा नियन्त्राण कार्यालयका सूचना प्रविधि शाखा प्रमुख संसारजंग देवानलाई दैनिक बजेटरी प्रतिवेदन किन वेबसाइटमा देखिएन भन्ने प्रश्न गर्दा उनी  हाँसे । तपाई वेबसाइट खोलेर बसेको हो भने मेरो निर्देशन अनुसार अगाडी बढ्नुस भन्दै देवानले पंक्तिकारलाइ दैनिक बजेटरी प्रतिवेदन हेर्ने नयाँ तरिकाबारे सुझाए ।

देवानका अनुसार दैनिक बजेटरी प्रतिवेदन सार्वजनिक गर्ने यस अघिको तरिका पछिल्लो एक महिना देखि फेरिएको छ । यस अघि अघिल्लो दिनको तथ्याङ्क पीडीएफ कपीको रुपमा भोलिपल्ट वेबसाइट मार्फत सार्वजनिक गरिदैं आएको थियो तर अब रियलटाईम डाटा महालेखाको वेबसाइटमा हेर्न सकिने गरि प्राविधिक स्तारोन्नति गरिएको छ ।

 

प्राविधिक स्तरोन्नति पछि यस अघिको तथ्याङ्क पाउन, नेपाली तथा अंग्रेजी मिति अनुसार तथ्याङ्क पत्ता लगाउन तथा प्रतिवेदनलाई आफू अनुकुल डाउनलोड र प्रिन्ट गर्न सहज बनेको देवानले बताए ।महालेखाको वेबसाईटमा प्रवेश गरेपछि प्रतिवेदन शीर्षकको दोस्रो लिकं दैनिक बजेटरी स्थिति अन्र्तगत यस अघि उक्त तथ्याङ्क सार्वजनिक गरिदैं आइएको थियो । अब नयाँ तरिकाबाट तथ्याङ्क पाउनका लागि प्रतिवेदन शीर्षककै छैटौं लिंक खोल्नु पर्ने छ ।

दैनिक बजेटरी तुलनात्मक विश्लेषण लिंक खोलेपछि नयाँ तथ्याङ्क प्राप्त गर्न सकिने देवानले बताए । पुरानो तरिकाबाट डाटा नभेटे पछि कार्यालयमा गुनासो गर्नेहरु बढेको स्वीकार गर्दै देवानले पुरानो तरिका केही समय पछि वेबसाईटबाट हट्ने र नयाँ तरिका स्थायी हुने स्पष्ट पारे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।