एशियन लाइफ इन्स्योरेन्सले तोक्यो हकप्रद निष्काशन मिति

Mar 21, 2019 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले यहि चैत २५ गतेदेखि चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले दश बराबर ६ कित्ताको अनुपातमा ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो।

हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको थियो। यसअनुसारफागुन २१ गतेसम्म कायम रहेका एशियन लाइफ इन्स्योरेन्सका शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन्।

कम्पनीको हकप्रद बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ । हकप्रदमा बिक्री प्रबन्धक तथा एशियन लाई इन्स्योरेन्सको सम्पूर्ण कार्यालयहरु, तथा सि आश्वा प्रणाली प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकनिे व्यवस्था रहेको छ । हकप्रदमा आवेदन दिने अन्तिम दिन २०७६ बैशाख २९ गते रहेको छ।

कम्पनीको शेयर नेप्सेमा चैत ५ गते मंगलबार प्रतिकित्ता ३९८ रुपैयाँमा कारोबार भएको छ।

एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख ६० हजार रुपैयाँ पुग्नेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले २ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६० पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १३२.९४ गुणा बढी छ।

इन्स्योरेन्सको गत जेठ १९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।